+
+

अमेरिकामा निकसँग प्रियंकाको विकिनी मस्ती

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १३ गते ११:२०

बलिउड नायिका प्रियंका चोपडाले आफ्नो कमब्याक चलचित्र ‘स्काई इज पिंक’को छायांकन सकाएकी छिन् । आफ्ना पति निकसँग भारत आएर उनले चलचित्रको छायांकन सकाएकी थिइन् । चलचित्रको छायांकन सकिए लगतै उनीहरु दुबै आफ्नो घरु अमेरिका फर्किएका छन् ।

केही दिन अगाडि अमेरिका पुगेको यो जोडीले आफ्नो होलिडे खुबै रमाइलो तरिकाले मनाएका छन् । बिदा मनाउन प्रियंका र निक अमेरिकाको मियामी भन्ने ठाउँसम्म पुगेका छन् । त्यहाँ पुगेर खिचिएका प्रियंका र निकको तस्विर अहिले सामाजिक संजालमा भाइरल भइरहेका छन् ।

मियामी पुगेकी प्रियंका विकिनी अवतारमा प्रस्तुत भएकी छिन् । प्रियंकाले निकै खुलेर आफ्नो विकिनी फोटो खिचाएकी छिन् । केही तस्विरमा उनीसँगै निकलाई पनि देख्न सकिन्छ । तस्विर हेर्दा उनीहरुले निकै ‘क्वालिटी टाइम’ बिताएको देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?