
१८ चैत, काठमाडौं । सरकारले वैदेशिक रोजगारीको लागि मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका लागि सूचीकरण हुन आह्वान गरेको छ । सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै सूचीकरणका लागि आह्वान गरेको हो ।
मन्त्रालयले सूचीकरण गर्नका लागि १५ दिनको समय सीमा तोकेको छ । नेपाल सरकार र मलेसिया सरकारबीच गत कात्तिक १३ मा सम्पन्न श्रम समझदारी पत्र बमोजिम छनेट गर्नका लागि मन्त्रालयले सूचीकरण हुन भनेको छ ।
मन्त्रालयले केही शर्तहरु पनि अघि सारेको छ । सूचीकरणका लागि निवेदनमै मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणसम्बन्धी मापदण्ड पूरा गर्नसक्ने भनेर स्वघोषणा गर्नु मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोमबार सूचना निकालेर मलेसिया जाने श्रमिकहरुको स्वास्थ्य परीक्षण गर्ने संस्थाहरुलाई सूचीकरण हुन भनेको हो ।
मन्त्रालयले वैदेशिक रोजगार नियमावली (चौथो संशोधन), २०६४ को नियम ४५ क बमोजिम सूचीकरण भएका र सूचीकरणको लागि मापदण्ड पूरा गरी सूचीकृत हुन चाहने स्वास्थ्य संस्थाहरुलाई रीतपूर्वकको निवेदन दिन आग्रह गरेको छ ।
प्रतिक्रिया 4