+
+

हिमालय एयरलाइन्सले हप्तामा तीन दिन अबुधाबीमा उडान गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १८ गते १५:५३

१८ चैत, काठमाडाैं । नेपालको निजी क्षेत्रबाट सञ्चालित अन्तर्राष्ट्रिय क्षेत्रमा उडान भर्दै आएको हिमालय एयरलाइन्स काठमाडौं देखि युएईको अबुधाबीमा उडान भर्ने भएको छ ।

उडान हप्ताको तीन दिन गराइने कम्पनीको भनाइ छ। नेपाली हवाई सञ्जाल मध्यपूर्वी मुलुकमा विस्तार गर्ने र सम्बन्ध अझ मजबूत बनाउने एयरलाइनसको प्रतिबद्धता छ ।

एअरलाइन्स्को एचनाइन ५६७ विमानले काठमाडौंबाट अबुधाबीको लागि उद्घाटन उडान गरेको छ।विमानस्थलबाट १४८ यात्रु सहित हिजो राति साढे नौ बजे उडेको एअरलाइन्सको एचनाइन ५६७ विमानले अबुधाबीको अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार १२ बजेर ५३ मिनेटमा अवतरण गरेको कम्पनीले जानकारी दिएको छ ।

अबुधाबीबाट १५० यात्रु सहित अप्रिल १ मा स्थानीय समय २ बजेर ३१ मिनेटमा उडान भरेर विमानस्थलमा बिहान ८ बजेर ४१ मिनेटमा अतवरण गरेको हो ।

युएईका लागि स्थानीय बजार व्यवस्था कार्य हेर्न एअरलाइन्स्ले फिशटेल ट्राभल एण्ड टुरिजमलाई नियुक्त गरेको छ । प्रिमियम इकोनोमी क्लासको ८ र इकोनोमी क्लासको १५० गरी कुल १५८ सिट क्षमता भएको विमानद्घारा प्रत्येक मंगलबार, बिहीबार र आइतबार एअरलाइन्सले आफ्नो नयाँ उडान भर्नेछ ।

बिदा, व्यावसायिक यात्रा तथा छोटो बसाइ लाई मध्य नजर गर्दै उडानको तालिका तयार गरिएको एयरलाइन्सले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?