
१८ चैत, काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर बजारमा सुधार देखिएको छ । आइतबार करिब एक अंकले ओरालो लागेको सेयर बजार सोमबार ६ अंक बढीले सुधार भएको हो ।
६ दशमलव ४३ अंकको सुधार आएर नेप्से परिसूचक १ हजार १ सय ४९ दशमलव ९९ मा पुगेको छ । परिसूचकसँगै सोमबार कारोबार रकममा समेत सुधार आएको छ ।
दिनभर भएका ६ हजार ८५ कारोबारबाट १ सय १७१ कम्पनीका १२ लाख ६५ हजार ६ सय ६२ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ३५ करोड २८ लाख १० हजार ७ सय ५० रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
यसअघि आइतबार २६ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । उत्पादन र अन्य गरी दुई वटा समूह भने ओरालो लागेका छन् । बाँकी सबै समूहमा भने हरियाली देखिएको छ ।
कारोबार रकमका आधारमा सोमबार एनआईसी एशिया बैंक पहिलो नम्बरमा देखिएको छ । एनआईसी एशियाको २ करोड २० लाख ७८ हजार रुपैयाँ बढीको कारोबार भएको छ ।
यस्तै २ करोड ११ लाख २० हजार रुपैयाँको कारोबार भएर प्रभु बैंक दोस्रो नम्बरमा देखिएको छ । यसैगरी एनएमबी बैंक, नेपाल बैंक, माछापुच्छ«े बैंक कारोबार रकमका आधारमा क्रमशः तेस्रो, चौथो र पाँचौ स्थानमा देखिएका छन् ।
प्रतिक्रिया 4