४ असोज, काठमाडौं । सहकारी छानबिन विशेष समितिले गोर्खा मिडियाका सञ्चालकहरुले ‘आफ्नो शक्तिको गलत उपयोग गरेको’ निष्कर्ष निकालेको छ ।
गोर्खा मिडिया प्रा.ली.को कारोवार र वित्तिय विश्लेषण गरेको समितिले कुनै नाम किटान नगरी सञ्चालकहरुले शक्तिको गलत उपयोग गरेको भनेको हो । गोर्खा मिडियामा जीवी राई, रवि लामिछाने, छविराज जोशी र कुमार रम्तेल सञ्चालक बनेका थिए ।
‘कुनै पनि सहकारी संस्थाले प्राकृतिक व्यक्ति(मानिस) बाहेकलाई ऋण प्रदान गर्नु हुदैन र लगानी समेत गर्नु हुदैन’ समितिले निष्कर्षमा भनेको छ, ‘तर सञ्चालकहरुले सहकारी संस्थामा आफ्नो शक्तिको गलत उपयोग गरी अत्यधिक रुपमा ऋण लिई कम्पनीलाई ऋण प्रदान गरी सहकारी संस्थाहरुको रकम अपचलन गरेको पुष्टि हुन्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4