+
+

तलबभत्ता वृद्धिको माग गर्दै मेलबर्नमा प्रदर्शन, ५० हजार सहभागी

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २७ गते १४:२४

मेलबर्न । श्रमिकहरुको हकहितको माग गर्दै बुधबार विहान मेलबर्न सहरमा ‘चेन्ज द रुल्स’ नामक बृहत र्‍याली प्रदर्शन गरिएको छ । प्रदर्शनमा ५० हजार जनाको सहभागिता रहेको आयोजकको दावी छ ।

अस्ट्रेलियन ट्रेड युनियन परिषद्ले तलब र भत्तामा वृद्धि हुनुपर्ने प्रमुख माग राख्दै आयोजना गरेको उक्त प्रदर्शनका कारण सहरका मुख्य सडकहरू अवरुद्ध भएको एसबीएसले लेखेको छ ।

बिहान १०:३० बजे सुरु भएको उक्त प्रदर्शनीमा भिक्टोरियाका प्रिमियर ड्यानियल एण्ड्रुजलगायत वाम धारका सङ्घीय सांसदहरू एन्ड्रु जाइल्स, जेड कार्नी, केट थ्वेट्स र एडम बाण्टको पनि सहभागिता रहेको थियो ।

कामदारहरूले आफ्नो काम बापत यथोचित पारिश्रमिक तथा भत्ता पाउनु पर्ने भन्दै भिक्टोरियाली प्रिमियरले उक्त र्‍यालीमा भाग लिएका थिए।

अस्ट्रेलियाका विभिन्न युनियनहरूका अनुसार, लिबरल र नेस्नल पार्टीको गठबन्धन सरकारमा आएपछि अस्ट्रेलियनहरुको जीवनस्तरमा ३० वर्ष यताकै सबैभन्दा बढी गिरावट भएको छ।
र्‍याली सहरको केन्द्रीय व्यापारिक क्षेत्रमा रहेको ट्रेड्स हलबाट सुरु भइ सप्रिंग स्ट्रिटस्थित राज्यको संसद् भवन पुगेर समापन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?