
४ वैशाख, विराटनगर । जिल्ला प्रहरी कार्यालयले सेवाग्राहीका समस्यालाई वर्गीकरण गरेर बुधबारदेखि ५ प्रकारका कार्ड प्रचलनमा ल्याएको छ ।
मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक मनोजकुमार केसीले सेवाग्राहीलाई सहज रुपमा सेवा प्रवाह गर्न पाँच किसिमको कार्ड प्रदान गरिने बताए । उनका अनुसार सेवाग्राहीले प्रहरी हिरासतमा रहेका थुनवालाई भेट्न रातो कार्ड, शाखामा सेवा लिन पहेंलो, महिला तथा बालवालिका फाँटमा सेवा लिन सेतो कार्ड प्रयोग गर्नुपर्नेछ ।
त्यस्तै उजुरी छानबिन शाखामा सेवा लिन निलो र अपराध अनुसन्धान शाखाको सेवा लिन हरियो रंगको कार्ड प्रयोगमा ल्याइएको प्रहरी उपरीक्षक केसीले बताए ।
कार्ड पद्धति लागु भएपछि पहिले आउनेलाई पहिलो प्राथमिकतामा राखेर सेवा प्रवाह गर्ने केसीले बताए ।
बुधबार प्रदेश १ का प्रहरी प्रमुख डीआईजी केदार रिजालले सेवा कार्डको सुभारम्भ गरे । कार्ड पद्धतिले प्रहरी र नागरिकबीचको सम्बन्ध थप प्रगाढ बनाउने बताउँदै उनले समाजमा हुने अपराध नियन्त्रणमा मद्दत पुग्ने रिजालले बताए ।
प्रतिक्रिया 4