Comments Add Comment

राष्ट्रपति भण्डारीद्वारा नवदुर्गा नाचको अवलोकन

७ वैशाख, भक्तपुर । राष्ट्रपति विद्यादेवी भण्डारी भक्तपुरमा नवदुर्गा भवानीको पूजा अर्थात् द्यौ बोयकेगु, नवदुर्गा नाच र मौलिक हस्तकला प्रर्दशनीको अवलोकन गरेकी छन् ।

भक्तपुर उद्योग वाणिज्य सङ्घले भक्तपुर जिल्ला प्रशासन कार्यालय परिसरमा आयोजना गरेको प्रर्दशनीको अवलोकन गरेकी हुन् ।

नवदुर्गा देवगणले प्रस्तुत गरेको तान्त्रिक विधि एवं शक्ति स्वरुप नवदुर्गा नाचअन्तर्गत मंगलसिद्धि नाच र गणेश नाचका साथै स्थानीय हस्तकलाका सामग्रीको समेत अवलोकन गरेकी छन् ।

उनले देवगणलाई दक्षिणा दिइन् । संङ्घका अध्यक्ष रामप्रसाद प्रजापतिले कार्यक्रम बारेमा र इतिहासविद् डा पुरुषोत्तम लोचन श्रेष्ठले नवदुर्गा नाचको शक्ति र महत्वबारे जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment