Comments Add Comment

राजस्थानले स्मिथलाई दियो कप्तानको जिम्मेवारी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) टीम राजस्थान रोयल्सले कप्तान परिर्वतन गरेको छ । उसले सिजनको बाँकी खेलका लागि स्टिभ स्मिथलाई कप्तानको जिम्मेवारी दिएको छ ।

यसअघि अजिन्क्या रहाने कप्तान थिए तर, उनको कप्तानीमा टिममा राम्रो प्रदर्शन गर्न सकेन ।

उसो त स्मिथ गत सिजन नै राजस्थानको कप्तान नियुक्त भएका थिए । तर, बल टेम्परिङ प्रकरणमा मुछिएपछि उनीमाथि ९ महिना लामो प्रतिबन्ध लाग्यो । मार्चमा प्रतिबन्ध हटेपछि उनी यो वर्ष टी-२० प्रतियोगिताबाट क्रिकेटमा फर्किएका हुन् ।

राजस्थानले यो सिजन ८ मध्ये २ खेल मात्र जितेको छ र अब प्ले अफमा स्थान बनाउन बाँकी ६ मध्ये अधिकांश खेल जित्नुपर्ने दबाव छ ।

रहानेले गत सिजन टिमलाई प्ले अफमा पुर्‍याएर राम्रो कप्तानको भूमिका निभाएको भन्दै राजस्थानले यो पटक त्यसलाई दोहोर्‍याउन नयाँ सोच चाहिएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment