
१३ वैशाख, काठमाडौं । श्रीलंकामा राष्ट्रपति मैत्रिपाल सिरिसेनाले ईस्टर सन्डे पर्वका दिन भएको श्रृङ्खलावद्ध आत्मघाती आक्रमणका मुख्य आक्रमणकारी मारिएको दाबी गरेका छन् ।
मुख्य आक्रमणकारी जहरान हासिम भएको र उनी साङरी–ला होटलमा मारिएको उनले बताएका हुन् । हासिम एक कट्टर उपदेशक थिए । सिरीसेनाका अनुसार हासिमले अर्का आत्मघाती आक्रमणकारीसँग मिलेर साङ्ग्री–ला होटलमा आक्रमण गरेका थिए ।
अर्का आक्रमणकारीको पहिचान इल्हामका रुपमा भएको छ ।
श्रीलंकाली गुप्तचर एजेन्सीका अनुसार इस्लामिक स्टेटसँग सम्बन्ध राख्ने करिव १३० संदिग्ध श्रीलंकामा सक्रिय थिए र पुलिसले अहिले पनि ७० जनाको खोजी गरिरहेको राष्ट्रपति सिरीसेनाले बताए ।
उनीहरु हिरासतमा छन् वा देश छाडेर भागिसके भन्ने खुलेको छैन । राष्ट्रपतिले कोलम्बोमा भएको आक्रमणहरुमा जहरान हासिमको भूमिकाबारे पनि बताएका छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4