Comments Add Comment

नबिल बैंक र प्ले फर डेलिभर्ड चिल्ड्रेनबीच समझदारीपत्रमा हस्ताक्षर

१६ वैशाख, काठमाडौं । नबिल बैंक र प्ले फर डेलिभर्ड चिल्ड्रेन नेपालबीच भएको सम्झौताको घोषणा भएको छ । यो सम्झौतासँगै खेलमा विशेषतः बास्केटबल खेलमा युवाहरुको सक्रियता प्रबर्धन गर्नको लागि नबिल बैंक नेपाल बास्केटबल लिगको बैंकिङ साझेदार बनेको छ ।

काठमाडौंको महाराजगन्ज स्थित नेपाल पुलिसको पि्रशिक्षणालयमा आयोजित एक कार्यक्रममा नेपाली राष्ट्रिय टोलीका कप्तान सदिना श्रेष्ठ र सधिश प्रधानको उपस्थितिमा नबिल बैंकका प्रमुख कार्यकारी अधिक्रित अनिल केशरी शाह र प्ले फर डेलिभर्ड चिल्ड्रेन नेपालका अध्यक्ष अरुण कार्कीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

नेपाल बास्केटबल लिग साउन ६ मा समापन हुनेछ । पीडीसीएनका अध्यक्षका अनुसार यो प्रतियोगिता ५५ दिनसम्म चल्नेछ । प्रतियोगितामा प्रथम, द्वितिय र त्रितिय स्थान हासिल गर्ने बिजयी टोलिले क्रमश रु २ लाख  रु १ लाख  र रु ५० हजार  नगद पुरस्कार प्राप्त गर्नेछन ।

कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिक्रित अनिल केशरी शाहले सम्झौताबारे प्रकाश पार्दै भने, ‘हामी नेपाल बास्केटबल लिगको बैंकिङ साझेदार बन्न पाउदा ज्यादै खुशी छौ किनकी हामी विश्वस्त छौ कि यो प्रतियोगिताको सम्रचनाले बास्केटबल खेललाई देशैभर राम्रो गती प्रदान गर्ने कुरामा दुई मत नहोला । लिगको हिस्सेदार बन्न पाउनु नबिल बैंकको सौभाग्य हो र नबिल बैंकले यो प्रतियोगिता वास्तवमै अबिस्मरणिय रुपमा सम्पन्न होस् भन्ने अपेक्षा राख्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment