+

रहिम र निकिताले जिते फुटबल राइटर्स एशोसिएसन फुटबलर अवार्ड

२०७६ वैशाख  १६ गते १८:३२ २०७६ वैशाख १६ गते १८:३२
रहिम र निकिताले जिते फुटबल राइटर्स एशोसिएसन फुटबलर अवार्ड

१६ वैशाख, काठमाडौं । रहिम स्टर्लिङ र निकिता परिसले फुटबल राइटर्स एशोसिएसन फुटबलर अफ द इयरको अवार्ड जितेका छन् ।

प्रोफेसनल फुटबलर एसोसिएसनले प्रदान गर्ने यो अवार्ड रहिमले ६२ प्रतिशत भोट प्राप्त गर्दै जितेका हुन् । २४ वर्षीय म्यानचेस्टर सिटीका रहिमले प्रोफेसनल एशोसिएसन योङ प्लेयर अफ द इयरको अवार्ड पनि जितेका छन् ।

त्यस्तै, महिलातर्फको यो अवार्ड म्यानचेस्टर सिटीकै निकिता परिसले जितेकी हुन् ।

त्यस्तै, लिभरपुलका डिफेन्डर भिर्गिल भान डिज्कले पीएफए प्लेयर अफ द इयर अवार्ड दोस्रो पटक पनि जितेका छन् । त्यस्तै, यही विधाको महिलातर्फको अवार्ड भने आर्सनलकी भिभिने मेइडिमाले जितेकी छिन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय