+

एचजेबीएलमा हाउण्ड्सको लगातार तेस्रो जित

२०८२ वैशाख  ३० गते २०:०३ २०८२ वैशाख ३० गते २०:०३
एचजेबीएलमा हाउण्ड्सको लगातार तेस्रो जित

३० बैशाख, काठमाडौं । हाउण्ड्स एकेडेमीले हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) मा लगातार तेस्रो जित हात पारेको छ ।

कीर्तिपुर कभर्डहलमा मंगलबार भएको खेलमा हाउण्ड्सले सामाखुशी युथ क्लबलाई ९८-७२ ले पराजित गरेको हो ।

हाउण्ड्सले गत साता रोएल्स र टाइम्स बास्केटबल क्लबलाई पराजित गरेको थियो ।

लगातार तेस्रो जितपछि हाउण्ड्स ९ अक जोडेर शीर्ष स्थानमा छ । सामाखुशीको भने यो लगातार तेस्रो हार हो । अकविहिन सामाखुशी पूछारमा छ ।

सामाखुशी विरुद्ध सुरुवातदेखि नै अग्रता लिएको हाउण्ड्सले चारै क्वाटर आफ्नो पक्षमा पारेको थियो ।

हाउण्ड्सले पहिलो क्वाटरमा २६, दोस्रो क्वाटरमा २३ अंक जोडेको थियो । यस्तै तेस्रोमा २४ र चौथो क्वाटरमा २५ अंक जोडेको थियो । सामाखुशीले चारै क्वाटरमा समान १८ अंक जोडेको थियो ।

हाउण्ड्सका लागि विजय बुर्जाले सर्वाधिक २२ अंक स्कोर गरे । सामाखुशीका लागि विक्रम डंगोलले १५ अंक स्कोर गरे ।

खेलको मोस्ट भ्यालुएबल प्लेअर हाउण्ड्सका दिप्सन केसी घोषित भए ।

एचजेबीएलमा बुधबार रोएल्स र टाइम्स बास्केटबल क्लब तथा गोल्डेनगेट बास्केटबल क्लब र कीर्तिपुर बास्केटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

एचजेबीएल हिमालयन जाभा बास्केटबल लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय