+

प्लानिङ ब्वाइज ए डिभिजन लिगमा बढुवा

२०८२ वैशाख  ३० गते १८:१२ २०८२ वैशाख ३० गते १८:१२

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार सम्पन्न खेलमा बाँसबारी क्लबलाई २–० ले पराजित गर्दै प्लानिङले शीर्ष डिभिजनको उडान भरेको हो ।

प्लानिङ ब्वाइज ए डिभिजन लिगमा बढुवा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्लानिङ ब्वाइज युनाइटेडले ए डिभिजन लिगमा बढुवा पाएको छ र बाँसबारी क्लबलाई २-० ले पराजित गरेको छ।
  • उनीहरूले ११ खेलबाट २७ अंकसहित शीर्ष डिभिजनमा प्रवेश गरेका हुन्।
  • प्लानिङको जितमा पुजन थापाले एक गोल गरे र आत्मघाती गोलले खेल समाप्त भयो।

३० वैशाख, काठमाडौं । प्लानिङ ब्वाइज युनाइटेड दुई खेलअगावै ए डिभिजन लिगमा बढुवा भएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार सम्पन्न खेलमा बाँसबारी क्लबलाई २–० ले पराजित गर्दै प्लानिङले शीर्ष डिभिजनको उडान भरेको हो ।

जितपछि प्लानिङले ११ खेलबाट २७ अंक जोडेको छ । बाँसबारीको समान खेलबाट १५ अंक छ ।

प्लानिङको जितमा पुजन थापाले एक गोल गरे भने अर्को एक गोल आत्मघाती उपहार पायो ।

खेलको पहिलो हाफ गोलरहित बराबरी सकिएको थियो । दोस्रो हाफको दोस्रो मिनेटमा बाँसबारीका सन्दीप राउतले आत्मघाती गोल गरेपछि प्लानिङले अग्रता बनाएको थियो ।

पुजनले ८१औं मिनेटमा गोल गर्दै प्लानिङको जित पक्का गरे ।

प्लानिङ ब्वाइज युनाइटेड बाँसबारी क्लब लिगमा बढुवा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय