+
+
Shares

पाल्पामा जन्ती सवार जीप दुर्घटना, ५ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख १६ गते १८:२७

१६ चैत, काठमाडौं । पाल्पाको निस्धी गाउँपालिका–७ मा जन्ती सवारी जीप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा निस्दी गाउँपालिका–७ का खडगबहादुर सोमै, देवलाल खनगाह, लालबहादुर सारु, सन्तबहादुर सारु र बुद्धिवल क्षेत्री छन् ।

भेलपानीबाट हुवासतर्फ जाँदै गरेको लु १ ज १९४१ जीप सोमबार अपरान्ह साढे ५ बजे अनियन्त्रित भइ सडकबाट करिब ३ सय मिटर तल खसेको पाल्पाका प्रहरी प्रमुख एसपी विश्वमणि पोखरेलले अनलाइनखबरलाई बताए ।

घटनामा परेका एक जना भने सकशुल रहेको उनको भनाइ छ । उद्दार र थप अनुसन्धानको भइरहेको पोखरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?