Comments Add Comment

पहिलो फिल्ममा मबाट धेरै गल्ती भयोः केकी

नायिका केकी अधिकारीले निर्माण गरेको पहिलो चलचित्र ‘कोहलपुर एक्सप्रेस’लाई विदेशी चलचित्रबाट चोरिएको आरोप लाग्यो । तर, नायिका केकी अधिकारी र उनको टिमले चोरीको आरोपलाई स्विकार गर्नुभन्दा बारम्बार केक काटेर चलचित्र सफल भएको देखाउन खोजिरहेको थियो । चलचित्र नेपाली बक्स अफिसमा असफल भयो ।

तर, नयाँ चलचित्र ‘छ माया छपक्कै’को घोषणा कार्यक्रममा भने नायिका केकी अधिकारीले आफ्नो पहिलो चलचित्र कपी भएको स्विकार गरेकी छिन् । केकीले भनिन्–‘चलचित्रको मेकरको हिसाबले मबाट पहिलो चलचित्रमा धेरै गल्ती भयो । यो अरुबाट पनि हुन्छ । तर, पनि कोशिश गर्न छाड्नहुन्न । कोशिश गर्ने मान्छेको कहिले पनि हार हुँदैन भन्छन् ।’

केकीले अगाडि भनिन्–‘पहिलो चलचित्रमा गल्ती भयो । सुरुमै कपी चलचित्र बन्न पुग्यो । म फेरि त्यो गल्ती नदोहोरियोस् भन्ने कुरामा सजग छु । यसैले, नयाँ चलचित्रका लागि हामीले त्यता पनि ध्यान दिएर काम गरिरहेका छौ ।’केकीले अर्को चलचित्रको काम केही पछाडि धकेलिएको भन्दै यो विचमा ‘छ माया छपक्कै’बाट अफर आएकाले यो ब्यानर र टिमसँग काम गर्न छाड्नुहुन्न भनेर जोडिएको स्पष्ट पारिन् ।

मबाट धेरै गल्ती भएको थियो पहिलो चलचित्रबाट, त्यो अरुबाट पनि हुन्छ । कोशिश गर्न छाड्नुहुन्न । पहिलो फिल्ममा कपी बन्न पुग्यो आरोप लाग्यो । फेरि त्यो नदोहारियोस् भनेर म लागिरहेको छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment