+
+
Shares

बालुवाटार जग्गा प्रकरणमा माधव नेपालले दिए स्पष्टीकरण

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख १६ गते २१:०७

१६ वैशाख, काठमाडौं । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले बालुवाटार जग्गा प्रकरणमा स्पष्टीकरण दिएका छन् । प्रधानमन्त्री कार्यालय विस्तार गर्ने निर्णय आफ्नो भएको भन्दै उनले त्यसको जिम्मा आफूले लिने बताए ।

बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा लगेको विषयमा नेपाल नेता नेपाल पनि मुछिएका छन् । उनी प्रधानमन्त्री भएको बेला ३१ वैशाख २०६७ मा मन्त्रिपरिषद्ले गरेको निर्णयले डिल्लीबजार मालपोलले गरेको गलत निर्णयलाई बैधानिकता दिएको भन्दै पूर्वप्रशासक शारदाप्रसाद त्रिताल समितिले त्यो निर्णय नै खारेज गर्न सिफारिस गरेको छ । केपी ओली नेतृत्वको सरकारले त्यो निर्णय सच्याउनुपर्ने ठहर गरेको छ ।

यसबारे सोमबार नेकपाको सचिवालय बैठकमा समेत प्रश्न उठेको थियो । सोमबार नै अमेरिका प्रस्थान गर्नुअघि विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता नेपालले भने, प्रधानमन्त्री निवास विस्तार गर्ने निर्णय मेरो हो । यसको जिम्मा म लिन्छु ।

उनले त्यो निर्णय गर्दा नेकपाका वर्तमान महासचिव विष्णु पौडेलको भूमिका नभएको बताए ।

नेता नेपालले बालुवाटारको जग्गाबारे अहिलेसम्म भएका निर्णयबारे छानविन गरेर दोषीमाथि कारबाही गर्नुपर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?