+
+
Shares

इरानबाट खतरा बढेपछि मध्यपूर्वबाट फिर्ता हुन थाले अमेरिकी दूतावासका कर्मचारी

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ७ गते १०:४८

७ कात्तिक, काठमाडौं । इरानले मध्यपूर्व र विश्वका अन्य क्षेत्रहरूमा कार्यरत अमेरिकी कूटनीतिज्ञ तथा अधिकारीहरूलाई निशाना बनाउने प्रयास अधिक बढाएको र हत्याको योजनाहरू ‘उन्नत चरण’ मा पुगेको गुप्तचर प्रतिवेदन सार्वजनिक भएपछि अमेरिकाले मध्यपूर्वका आफ्ना दूतावासहरूबाट कर्मचारी कटौती गर्न सुरु गरेको छ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोलाई बुझाइएको अक्टोबर २३ को गोप्य ’मेमो’ प्राप्त गर्दै न्युज एजेन्सी ‘एक्सियोस’ले यो समाचार सार्वजनिक गरेको हो।

गुप्तचर निर्देशकको चेतावनी र दूतावासहरूबाट कर्मचारी फिर्ता

नेसनल इन्टेलिजेन्सका निर्देशक जे क्लेटनले विदेशमन्त्री रुबियोलाई पठाएको एक पृष्ठको ज्ञापनपत्रमा इरानी हत्या योजनाहरूबारेका गुप्तचर सूचनाहरू जोखिममा रहेका धेरैभन्दा धेरै अमेरिकी कर्मचारीहरूसम्म पुर्‍याउनुपर्ने आवश्यकता औँल्याएका छन्।

सुरक्षा खतरा बढेपछि स्टेट डिपार्टमेन्टले रियाध (साउदी अरेबिया) स्थित अमेरिकी दूतावासका साथै जेद्दा र धहरानस्थित महावाणिज्य दूतावासहरूबाट गैर-आवश्यक कर्मचारी र उनीहरूका परिवारलाई फिर्ता बोलाएको छ।

साउदी अरेबियाबाहेक संयुक्त अरब इमिरेट्स , लेबनान, कतार र जोर्डन मा रहेका अमेरिकी दूतावासहरूबाट पनि कूटनीतिक र सरकारी कर्मचारीहरूको सङ्ख्या घटाउन आदेश दिइएको छ।

यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाबाहेक क्षेत्रका अन्य देशहरूमा पनि आक्रमण विस्तार गर्न सक्ने र इरानी आतङ्कवादी षड्यन्त्रका कारण अत्यावश्यक बाहेकका कर्मचारी हटाउनुपरेको अमेरिकी अधिकारीहरूले बताएका छन्।

ट्रम्पको चेतावनी: “हामी फेरि अर्को ‘एपिक फ्युरी’ गर्न सक्छौँ”

यसैबिच, फ्लोरिडामा आयोजित एक चुनावी र्‍यालीलाई सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिएका छन्।

ट्रम्पले भने,”हामी फेरि अर्को सानो ‘अपरेसन एपिक फ्युरी’ गर्न सक्छौँ, या त इरानीहरू सम्झौताका लागि तयार हुनुपर्छ। यदि उनीहरू बाफिया छन् भने ‘आउनुहोस् सम्झौता गरौँ’ भन्नेछन्, तर मलाई शङ्का छ उनीहरूले त्यसो गर्नेछन्, किनभने सायद उनीहरू चलाख छैनन्।”

मध्यपूर्वमा फेरि सैन्य मुठभेटको सम्भावना

अमेरिकी मध्यावधि निर्वाचन नजिकिँदै गर्दा अमेरिका र इसराइलले इरानविरुद्ध पुनः नयाँ सैन्य अपरेसन सुरु गर्न सक्ने अड्कलबाजीहरू भइरहेका छन्। इरानले कूटनीतिज्ञहरूलाई निशाना बनाउने षड्यन्त्र गरिरहेको र हुथी विद्रोहीहरूले क्षेत्रीय सुरक्षामा चुनौती थपेको भन्दै अमेरिकाले सुरक्षा सतर्कता उच्च बनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?