Comments Add Comment

२७ बर्षमा पूजा, भनिन्–‘दर्शकलाई निराश बनाउदिनँ’

नायिका पूजा शर्मा आजबाट २७ बर्षमा प्रवेश गरेकी छिन् । नायिका शर्माले आफ्नो जन्मदिन फ्यानसँग मनाउने बताएकी छिन् । उनले आफूलाई माया गर्ने मानिसहरुलाई नै समय दिने बताइन् । पूजाले आफू सजिलैसँग यो स्थानमा नपुगेको बताइन् । पूजाले भनिन्–‘मलाई त कतिपयले यस्तो पनि नायिका हुन्छ र भन्नुहुन्थ्यो । मैले गाली र ताली खुबै खाएँ । मैले हरेश कहिले पनि खाइनँ । म एकैपटक माथि पुगिनँ । आफ्नो मिहिनेत र दर्शकको मायाले म यो स्थानमा आइपुगेँ ।’
पूजाले विगत संझदै भनिन्–‘बारम्बार चलचित्र असफल हुँदा म मन्दिर पुगेर भगवानको अगाडि खुबै रुन्थेँ । मलाई त भगवानमा नै विश्वास लाग्न छाडेको थियो ।’

नायिका शर्माले अझै पनि आफूले मिहिनेत गर्ने बताउँदै दर्शकको माया पाउँदा आफू लक्की महशुश हुने बताइन् । पूजाले, आफूले अझै पनि धेरै कुरा गर्न बाँकी रहेको बताइन् । पूजाले आफूले दर्शकलाई धोका कहिले पनि नदिने सुनाइन् । दर्शकले आफूले चलचित्र क्षेत्र छाड्छु भन्दा दर्शकहरु निराश भएको भन्दै दर्शकलाई निराश नबनाउने बताइन् ।

पूजाले बिहेको बारेमा भनिन्–‘बिहे त म स्कुल पढ्दा नै सबैभन्दा पहिले मेरै हुन्छ भन्ने लाग्थ्यो । तर, त्यस्तो नहुने रहेछ । म अहिले प्रेममा पनि छैन ।’नायक आकाश श्रेष्ठको बिषयमा बजारमा चलेका हल्लामा पूजाले भनिन्–‘आकाश र म एकदमै मिल्ने साथी हौ । एक अर्कालाई सहयोग पनि गर्छौ ।’

नायिका पूजा शर्मा अभिनित चलचित्र ‘सम्हालिन्छ कहिले मन’ भदौमा रिलिज हुने चर्चा छ । उनले नयाँ चलचित्र ‘पोई पर्यो काले’मा पनि संझौता गरिसकेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment