+
+
Shares

नेपाली क्रिकेटका ९ स्टारसँग एक्स्ट्रिमको ‘पावरफुल’ साझेदारी

क्रिकेट खेलाडीहरू सन्दीप लामिछाने, रोहित पौडेल, सोमपाल कामी, आसिफ शेख, ललित राजवंशी, शेर मल्ल, इसान पाण्डे, करण केसी र लोकेश बम टिम एक्स्ट्रिमका सदस्यमा आबद्ध भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १९ गते १५:१०

१९ असोज, काठमाडौं । नेपाली क्रिकेटको विकास, खेलाडीको प्रोत्साहन तथा युवापुस्ताबीच खेलकुदप्रति उत्साह र ऊर्जा बढाउने उद्देश्यले एक्स्ट्रिम इनर्जी ड्रिंकले नेपाली राष्ट्रिय क्रिकेट टोलीका ९ खेलाडीलाई ‘टिम एक्स्ट्रिम’ का सदस्यका रूपमा आबद्ध गरेको छ ।

एक्स्ट्रिम इनर्जी ड्रिंक र राष्ट्रिय क्रिकेट टोलीका ९ खेलाडीबीच काठमाडौंमा औपचारिक सम्झौता भएको छ ।

क्रिकेट खेलाडीहरू सन्दीप लामिछाने, रोहित पौडेल, सोमपाल कामी, आसिफ शेख, ललित राजवंशी, शेर मल्ल, इसान पाण्डे, करण केसी र लोकेश बम टिम एक्स्ट्रिमका सदस्यमा आबद्ध भएका छन् ।

सम्झौता अनुसार ती ९ खेलाडीले प्रयोग गर्ने क्रिकेट ब्याटमा एक्स्ट्रिम इनर्जी ड्रिंकको लोगो रहने छ । साथै, एक्स्ट्रिम इनर्जी ड्रिंकले सञ्चालन गर्ने विभिन्न प्रवर्द्धनात्मक, ब्रान्ड तथा खेलकुद सम्बन्धी गतिविधिमा पनि उनीहरूको सहभागिता रहने छ ।

नेपाली क्रिकेट खेलाडीको लोकप्रियता र युवापुस्तामा उनीहरूको प्रभाव ध्यानमा राख्दै गरिएको यस सहकार्यले क्रिकेट र ब्रान्डबीचको सम्बन्ध थप बलियो बनाउने अपेक्षा कम्पनीको छ ।

एनपीएलका ७ टोली समेट्दै एक्स्ट्रिमको विशेष संस्करणको क्यान सार्वजनिक

सम्झौता कार्यक्रममा एक्स्ट्रिम इनर्जी ड्रिंकले नेपाल प्रिमियर लिग (एनपीएल) मा मुख्य प्रायोजकका रूपमा आबद्ध आफ्ना ७ टोली समेटेर तयार पारिएको विशेष संस्करणको क्यानसमेत सार्वजनिक गरेको छ ।

एनपीएलका सम्बन्धित टोलीको पहिचान र क्रिकेटप्रति समर्थकको उत्साह समेटेर तयार गरिएको विशेष संस्करणको क्यानले खेलाडी तथा समर्थकसँगको सम्बन्ध थप नजिक बनाउने कम्पनीको भनाइ छ ।

विशेष संस्करणको क्यानमार्फत एनपीएलको माहोल थप रोमाञ्चक बनाउँदै क्रिकेटप्रेमी तथा समर्थकमाझ एक्स्ट्रिमको उपस्थिति अझ प्रभावकारी बनाउने कम्पनीको विश्वास छ ।

एक्स्ट्रिम इनर्जी ड्रिंकले नेपाली युवाको ऊर्जा, उत्साह र खेलप्रतिको जोशसँग आफूलाई जोड्दै आगामी दिनमा पनि क्रिकेट लगायत खेलकुद गतिविधिमा निरन्तर सहकार्य र सहभागिता जनाउने प्रतिबद्धता जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?