
२३ वैशाख, काठमाडौं । काठमाडौंको कोटेश्वरमा शंकास्पद वस्तु भेटिएको छ । कोटेश्वर चोक नजिकै शंकास्पद झोला भेटिएपछि प्रहरी र नेपाली सेनाको टोली पुगेको छ ।
शंकास्पद वस्तु भेटिएको र त्यसको पहिचान गर्ने काम भइरहेको महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी गोविन्द काफ्लेले जानकारी दिए । कोटेश्वर चोकदेखि तीनकुनेतर्फ सडकदेखि बाहिर मिनी ट्रकहरु पार्क गरी राख्ने ठाउँमा शंकास्पद झोला भेटिएको हो ।
‘शंकास्पद ब्याग भेटिएको छ, हामी पहिचान गर्दैछौं’ उनले भने । नेपाली सेनाको बम डिस्पोजल टोली पनि घटनास्थल पुगेको छ ।
शंकास्पद वस्तु भेटिएका कारण प्रहरीले तीनकुनेदेखि कोटेश्वर चोकतर्फ जाने सडक खाली गराएको छ । ती गाडीहरुलाई तीनकुने र कोटेश्वर चोकमा रोकिएको छ ।
कोटेश्वरबाट तीनकुनेतर्फ आउने गाडीहरु भने चलेका छन् । शंकास्पद वस्तु भेटिएपछि कोटेश्वर- भक्तपुर हुदै चल्ने सवारी साधनलाई तिनकुने र कोटेश्वर चोकबाटै डाईभर्सन गरिएको छ ।
प्रतिक्रिया 4