Comments Add Comment

‘मन्त्री भएपछि पैसा बाँड्नैपर्छ भन्ने प्रवृत्ति देखियो’

२८ वैशाख, काठमाडौं । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले मन्त्री भएपछि पैसा बाँड्नैपर्छ भन्ने प्रवृत्ति देखिएको बताएका छन् । यस्तै हो भने भोलि गृह, रक्षामन्त्रीले बजेट माग गर्ने अवस्था आउने उनले बताए ।

संसदमा भइरहेको प्रिबजेट छलफलमा भाग लिँदै पूर्वअर्थमन्त्री पाण्डेले मन्त्री भएपछि केही योजना हाल्नैपर्छ, केही बजेट आफ्नोमा राख्नैपर्छ भन्ने प्रवृत्ति देखिएको बताए । उनले भने, यो प्रवृत्ति यसरी बढेर गएको छ कि भोलि रक्षामन्त्रीले पनि बजेट माग गर्ला । किनभने रक्षाले त बजेट हाल्दैन ।’

मन्त्री भएपछि पैसा बाँड्नुपर्छ भन्ने सोचकै कारण मन्त्रालयहरुले पैसा नभएपनि नयाँ शिर्षक बनाएर तान्न प्रयास गरेको उनले बताए ।

संघीय सरकारमा मात्र होइन, प्रदेश सरकारमा समेत साना साना योजनामा समेत बजेट हाल्ने सोच देखिएको भन्दै उनले सच्याउन आग्रह गरे । संघीय सरकारले ठूलो, प्रदेश सरकारले प्रदेश स्तरका योजनामा काम गरेर साना योजनाहरु स्थानीय तहहरुमा पठाउनुपर्नेमा उनको जोड छ ।

पूर्वअर्थमन्त्री पाण्डेले नीति तथा कार्यक्रममा १२८ बुँदा मध्ये १५० बुँदाले पैसा माग गर्ने भन्दै प्राथमिकता तोक्न आग्रह गरे । साथै आयात रोक्ने कि निर्यात गर्ने बाटो लिने हो प्रष्ट हुन समेत सुझाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment