+
+

एनआईसी एशिया बैंक र एभरेष्ट अस्पतालबीच सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ ६ गते १८:३२

६ जेठ, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र एभरेष्ट अस्पताल काठमाडौं बीच सम्झौता भएको छ । बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई एभरेष्ट अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा ५ देखि १० प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता भएको हो ।

सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठी र एभरेष्ट अस्पतालको तर्फबाट अस्पतालका प्रशासन प्रमुख दीपक चन्द्र बरालले हस्ताक्षर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?