Comments Add Comment

बेल्जियमको टिममा कोम्पनी पनि अटाए

काठमाडौं । बेल्जियमले भिन्सेन्ट कोम्पनीलाई युरो छनेाट २०२० मा काजकिस्तान र स्कटल्याण्डविरुद्ध खेल्ने टोलीमा राखेको छ ।

३३ वर्षीय कोम्पनीले आइतबार मात्र म्यान्चेस्टर सिटी छाडेको घोषणा गरेका थिए र एन्डरलेचमा प्लेयर म्यानेजर बनेका छन् ।

उनले बेल्जियमका लागि नोभेम्बर २०१८ पछि खेलेका छैनन् । तर, यो सिजन सिटीलाई घरेलु लिगमा तीन उपाधि दिलाउन भूमिका खेले ।

बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेजले कोम्पनी प्रशिक्षकका रुपमा नभई खेलाडीका रुपमा टिममा परेको बताए । उनले भने, ‘युरो २०२० मा पुग्न उनले सबथोक गर्नेछन् ।’

बेल्जियमले ८ जुनमा काजकिस्तान र तीन दिनपछि स्कटल्याण्डसँग खेल्नेछ । दुबै खेल ब्रसेल्समा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment