
७ जेठ, पाँचथर । पाँचथरको मिक्लाजुङ–३, आरुबोटेमा गएराति ९ जनाको विभत्स हत्या भएको स्थानबाट केही किलोमिटर पर अर्का एक युवकको शव भेटिएको छ । मिक्लाजुङको वडा नं. ८ मा मानबहादुर माखिमको शव भेटिएको हो ।
केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले घटनास्थलबाट पैदल हिँड्दा करिब डेढ/दुई घन्टा लाग्ने दूरीमा शव भेटिएको जानकारी आएको बताए । उनका अनुसार अहिले जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रमुख घटनास्थलतर्फ गइरहेका छन् ।
माखिमको शव रुखमा झुण्डिएको अवस्थामा भेटिएको हो । यद्यपि, घटनामा उनको कुनै संलग्नता थियो/थिएन भन्ने विषय चाहिँ खुलेको छैन ।
अनुसन्धान अधिकारीले दुवै घटनालाई जोडेर अनुसन्धान थालेको १ नं. प्रदेश प्रहरी कार्यालयले जनाएको छ । घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र प्रदेश १ प्रहरी कार्यालयको टोली त्यसतर्फ गइसकेको छ ।
तालिम प्राप्त कुकुरलाई पनि अनुसन्धानका लागि प्रयोगमा ल्याइएको छ भने जिल्लाका सम्पूर्ण नाका सिल गरिएको छ ।
प्रतिक्रिया 4