+
+
Shares

पाँचथरकाे सामूहिक हत्या अनुसन्धान गर्न सीआईबीको टोली हिँड्यो

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ ७ गते ११:३१

७ जेठ, पाँचथर । पाँचथरको मिक्लाजुङ ३, आरुबोटेको सामूहिक हत्याको छानबिन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले गर्ने भएको छ ।

हत्या प्रकरण रहस्यमय बनिरहेका बेला प्रहरीले केन्द्रीय अनुसन्धान व्युरो सीआईबीका एसपी उमाप्रसाद चतुर्वेदीको नेतृत्वमा अनुसन्धान गर्न लागेको हो ।

पाँचथर घटनाबारे अनुसन्धान गर्ने जिम्मा पाएका चतुर्वेदी टोली लिएर घटनास्थल तर्फ लागेको प्रहरी स्रोतले जनाएको छ ।

पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ मा सोमबार राति २ परिवारका ९ जनाको धारिलो हतियार प्रयोग गरी विभत्स हत्या भएको थियो ।

अज्ञात समूहले बमबहादुर फियाक र धनराज शेर्मा परिवारका ९ जनाको विभत्स हत्या गरेको हो । उनीहरु नाताले ज्वाइँ–ससुरा हुन् । घटनामा १ किशोरीले भने भागेर ज्यान जोगाएकी छन् ।

घटनालगत्तै जिल्ला प्रहरी कार्यालय पाँचथरले प्रहरी त्यसतर्फ पठाएको छ । पठाइएका प्रहरी घटनास्थलमा पुगिसकेको पाँचथर प्रहरीले जनाएको छ ।

यसैबीच, अनुसन्धानका लागि तालिमप्राप्त कुकुर सहितको प्रहरी टोली परिचालन भएको गरिएको छ । संघिय प्रहरी कार्यालय धरानका एसएसपी शरद खत्रीको नेतृत्वमा तालिमप्राप्त कुकुरसहितको टोली खटिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता डिएसपी सिद्धराज न्यौपानेले जानकारी दिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?