+
+
Shares

लक्ष्मीपूजाको साँझ जगमग काठमाडौं, हेर्नुस् तस्वीरहरू

लक्ष्मीपूजापछि घरघरमा बालिएको बत्तीका कारण काठमाडौं उज्यालो देखिएको छ । काठमाडौंको धरहरा, स्वयम्भू, न्युरोड, महावौद्ध, नयाँ बानेश्वर, कोटेश्वर लगायतका क्षेत्रमा यतिबेला उज्यालोको उमंग छ ।

कमल प्रसाईं चन्द्रबहादुर आले कमल प्रसाईं, चन्द्रबहादुर आले
२०८३ कात्तिक २२ गते १९:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तिहारको मुख्य दिन लक्ष्मीपूजामा आइतबार साँझ हिन्दू धर्मावलम्बीहरूले घर, कार्यालय र उद्योग व्यवसायमा धनकी देवी लक्ष्मीको पूजा गरेका छन्।
  • लक्ष्मीपूजापछि घरघरमा बत्ती बालिएकाले काठमाडौंको धरहरा, स्वयम्भू, न्युरोड, महावौद्ध, नयाँ बानेश्वर र कोटेश्वर क्षेत्रमा उज्यालो देखिएको छ।
  • घर तथा कार्यालयमा रंगोली बनाइएपछि लक्ष्मीपूजाले सरसफाइ, कृतज्ञता, आशा र नयाँ सुरुवातको सन्देश दिने पर्वको रूपमा मनाइएको छ।

२२ कात्तिक, काठमाडौं । तिहारको आज तेस्रो दिन । तिहारको मुख्य दिन लक्ष्मीपूजा घरघरमा धनकी देवी लक्ष्मीको पूजा गरिएको छ ।

आइतबार साँझ हिन्दू धर्मावलम्बीहरुले आफ्नो घर, कार्यालय, उद्योग व्यवसायमा धनकी देवी लक्ष्मीको पूजा गरेका छन् ।

घर तथा कार्यालयहरुमा विभिन्न रंग राखेर आकर्षक रंगोली बनाइएको छ । लक्ष्मीको पूजापछि घरको गेट तथा मूलढोकामा पनि खुला राख्ने गरिन्छ ।

लक्ष्मीपूजा केवल धनसम्पत्तिको कामना गर्ने पर्व मात्र नभइ यो सरसफाइ, कृतज्ञता, आशा र नयाँ सुरुवातको सन्देश दिने पर्व पनि मानिन्छ ।

परम्परागत तेलका दियोदेखि देउसी भैलो गीतसम्म, यस पर्वले परिवार, छिमेक र समुदायलाई एकै ठाउँमा जोड्दै नेपालको रातलाई अझ उज्यालो र उत्सवमय बनाएको छ ।

लक्ष्मीपूजापछि घरघरमा बालिएको बत्तीका कारण काठमाडौं उज्यालो देखिएको छ । काठमाडौंको धरहरा, स्वयम्भू, न्युरोड, महावौद्ध, नयाँ बानेश्वर, कोटेश्वर लगायतका क्षेत्रमा यतिबेला उज्यालोको उमंग छ ।

धेरैजसो घर, कार्यालय तथा अन्य पसल तथा व्यवसाय रहेको भवनमा झिलिमिली बत्ती बालिएको छ । झिलिमिली बत्तीले सजिएको काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट कैद गरिएका तस्वीरहरू यहाँ प्रस्तुत गरिएको छ ।

हेर्नुस् आइतबार साँझ देखिएको उपत्यकाका तस्वीरहरू–

 

 

लेखक
कमल प्रसाईं

प्रसाईं  अनलाइनखबरका फोटोपत्रकार हुन् ।

चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?