+
+
Shares

पाँचथर हत्या प्रकरण : एसएसपीको नेतृत्वमा तालिमप्राप्त कुकुरसहितको टोली घटनास्थलमा

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ ७ गते ११:५०
Photo Credit : प्रतीकात्मक तस्वीर

७ जेठ, विराटनगर । पाचँथरको मिक्लाजुङ गाउँपालिका– ३, आरुबोटेमा दुई परिवारका नौ जनाको हत्या प्रकरणको अनुसन्धानका लागि तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली परिचालन भएको छ ।

घटनाको जानकारी पाएलगतै अनुसन्धानका लागि संघीय प्रहरी कार्यालय, धरानका एसएसपी शरद खत्रीको नेतृत्वमा तालिमप्राप्त कुकुरसहितको टोली खटिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय, विराटनगरका प्रवक्ता डिएसपी सिद्धराज न्यौपानेले जानकारी दिए ।

न्यौपानेका अनुसार सामुहिक हत्या प्रकरणको अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआइबीको टोली पनि आउँदैछ ।

प्रहरीेले घटना संलग्नलाई पक्राउ गर्न विशेष सतर्ककता अपनाएको छ । डीएसपी न्यौपानेका अनुसार घटना संलग्नहरु भाग्न सक्ने सम्भावित नाकाहरुमा चेकिङ बढाएको छ ।

मंगलबार बिहान मिल्लाजुङ गाउँपालिका–३ आरुबोटेमा ज्वाइँ ससुराको परिवारका ९ जनाको शव भेटिएको थियो । करिब दुई किलोमिटर वरपर घर रहेका ज्वाइँ धानराज शेर्माको घरमा ५ जना र ससुरा वमबहादुर फियाकको घरमा ४ जनाको विभत्स हत्या भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?