Comments Add Comment

पाँचथर हत्या प्रकरण : मानबहादुरको शव छेउमा भेटियो रगत लतपतिएको खुकुरी र लुगा

७ जेठ, विराटनगर । पाँचथरको मिक्लाजुङ–३, आरुबोटेमा भएको सामूहिक हत्या प्रकरणमा ज्वाइँको शंलग्नता रहेको आशंकाले बल पुग्ने प्रमाणहरु भेटिएको छ ।

नौ जनाको शव भेटिएको स्थानबाट करिब २ घण्टाको पैदल दुरीमा ज्वाईं मानबहादुर माखिमको शव झुण्डिएको अवस्थामा भेटिएको थियो ।

अनुसन्धानका क्रममा उनको शव भेटिएको स्थान नजिकै रगतमा लतपतिएको खुकरी, दाप र लुगा फेला परेको १ नम्बर प्रदेश प्रहरी प्रमुख डीआईजी केदार रिजालले जानकारी दिए । उनले भने ‘ खुकुरी हत्या प्रयोग भएको हो, होइन अनुसन्धानबाट खुल्छ ।’

डीआईजी रिजालका अनुसार ससुरा र श्रीमतीस“ग बेमेल भएका कारण प्रहरी अनुसन्धान कान्छा ज्वाईं मानबहादुर तिर सोझिएको थियो । तर उनले पनि आत्महत्या गरेपछि संलग्नताको विषय सबुत प्रमाणहरुका आधारबाट खुल्ने उनले बताए ।

यो पनि पढ्नुहोस पाँचथर हत्या प्रकरणः मिक्लाजुङ–८ मा भेटियो रुखमा झुण्डिएको शव यो पनि पढ्नुहोस पाँचथर हत्या प्रकरण : एसएसपीको नेतृत्वमा तालिमप्राप्त कुकुरसहितको टोली घटनास्थलमा यो पनि पढ्नुहोस पाँचथरकाे सामूहिक हत्या अनुसन्धान गर्न सीआईबीको टोली हिँड्यो यो पनि पढ्नुहोस सामूहिक हत्या प्रकरण : मुकुन्डो लगाएर आएका थिए हत्यारा यो पनि पढ्नुहोस पाँचथर सामूहिक हत्या प्रकरण : संदिग्ध मानिएका ज्वाइँले गरे ‘आत्महत्या’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment