Comments Add Comment

मनोहरा खोला किनारमा वृक्षारोपण

८ वैशाख, काठमाडौं । अन्तर्राष्ट्रिय जैविक विविधता दिवसको अवसरमा वन तथा वातावरण मन्त्रालयले काठमाडौंको पेप्सीकोलास्थित मनोहरा खोला किनारमा वृक्षरोपण कार्यक्रम आयोजना गरेको छ ।

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले चाँपको बिरुवा रोपेर कार्यक्रम शुभारम्भ गरे । त्यसपछि मन्त्रालयका सचिव विश्वनाथ ओली, विभिन्न महाशाखा प्रमुख, संरक्षणविद तथा स्थानीयले पनि वृक्षरोपण गरेका थिए ।

कार्यक्रममा मन्त्री बस्नेतले मानव जीवनको अस्तित्वका लागि जैविक विविधताको उच्च महत्व रहेको चर्चा गर्दै सरकार, सरोकारवाला र आम नागरिकको सहभागितामा त्यसको संरक्षण गर्नुपर्नेमा जोड दिए । सरकार एक्लैले जैविक विविधता संरक्षण गर्न नसक्ने भन्दै उनले आम नागरिकको सहभागिताका लागि अपिल गरे ।

सरकारले जैविक विविधता संरक्षणलाई प्राथमिकतामा राखेको भन्दै मन्त्री बस्नेतले आगामी बजेटमा यसतर्फ पर्याप्त ध्यान दिइने बताए ।

यस वर्षको अन्तर्राष्ट्रिय जैविक विविधता दिवसको नारा ‘खाद्यान्न र स्वस्थ जीवनका लागि जैविक विविधता’ भन्ने रहेको छ । सन् १९९२ मे २२ का दिन ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न पृथ्वी शिखर सम्मेलनले जैविक विविधता महासन्धि अगाडि बढाउने प्रस्ताव गरेको दिनको सम्झनामा सन् १९९४ देखि मे २२ लाई जैविक विविधता दिवसका रुपमा संसारभर मनाइँदै आइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment