Comments Add Comment

काफल बेचेरै दैनिक ३ हजार कमाइ

८ जेठ, गुल्मी । केही दिनदेखि बजारका बिभिन्न चोकचोकमा मान्छेहरु कोखिलामा झुण्डाइएको डालोमा काफल बेच्नेहरुको देखिन्छन् ।

काफल जंगलबाट टिपेर बिक्री गर्न बजारमा बेच्नेहरुलाई दैनिक जसो भ्याइननभ्याइ छ । राम्रो आम्दानी हुने र बजारको समेत समस्या नपर्ने भएपछि अहिले धेरैले काफलको ब्यापार गरिरहेका छन् ।

यो समयमा तम्घास बजारका बिभिन्न चोक तथा बजारमा काफल बेच्नेहरुको भीड लागेको छ । काफल बेच्नेहरु दैनिक ३ हजारदेखि बढी कमाउने गरेको बताउँछन् ।

रेसुङ्गा नगरपालिका वडा नम्बर ६ बाट तम्घासमा काफल बेच्न ल्याएकी माया नेपालीले दिनमा ३ हजार भन्दा बढीको काफल बेेचेको बताइन् ।

उनले दैनिक ८ पाथी भन्दा बढी काफल ल्याएर बेच्ने गरेकी नेपालीले आफनो घर छेउमा र जंगलबाट काफल टिपेर ल्याउने गरेको बताइन् । बजारमा ल्याएपछि काफल बेच्न धेरै बेर कुर्न नपर्ने नेपालीले बताइन् ।

उनीमात्रै होइन तम्घास बजारमा धेरै भेटिन्छन् काफल बेच्नेहरु । स-साना स्कुल पढ्नेदेखि बृद्धहरु पनि काफल बेच्न सदरमुकाम आएको देख्न सकिन्छ । सामान्य चिया गिलासको ५० रुपौयाँ देखि यसको बिक्री गरेको पाइन्छ ।

यो फल अरु फल जस्तो कुनै दररेट नभएकाले बेच्नेहरुमा पनि भर पर्दछ । काफल बेच्न ल्याउनेहरु यति बेला सामान्य पनि १ हजार देखि ३, ४ हजारसम्म कमाउने भेटिन्छन् ।

फलफूल मध्येकै मिठो स्वादिलो फल मध्ये काफल पर्दछ । तर, यसको व्यवसायिक रुपमा कसैले खेती गरेको पाइदैन् । मध्य पहाडी क्षेत्रमा पाइने काफल चैतदेखि पाक्न सुरु गरेर करिब साउनसम्मै रहन्छ ।

गुल्मीमा रेसुङ्गा, अर्जुन, धुर्कोट, मदानेलगायतका क्षेत्रमा काफल पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment