Comments Add Comment

कान्समा मीन भामको ‘चिसो वर्ष’ले जित्यो नर्वेजियन पुरस्कार

८ जेठ, काठमाडौं । फ्रान्सको पेरिसमा भइरहेको कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्म मेकर्स मीन बहादुर भामले आफ्नो आगामी फिल्मका लागि एक नर्वेजियन पुरस्कार जितेका छन् ।

विश्वभरका फिल्ममेकर्सले निवेदन दिएका ५२ वटा फिल्मी परियोजनालाई उछिन्दै मीन बहादुर भामको द इयर अफ कोल्ड (चिसो वर्ष)ले नर्वेजियन सरफन्ड जितेका हुन् । जसको राशी ६६ लाख ८४ हजार रुपैयाँ (६० हजार अमेरिकी डलर) छ । निर्णायक मण्डलले चिसो वर्षसँगै अन्य ६ वृत्तचित्र तथा कथानक फिल्मलाई पनि छनोट गरेको छ ।

मीनबहादुर भाम कालो पोथी फिल्मका निर्देशक पनि हुन् । उक्त फिल्मलाई सोनी फिल्म्स्ले निर्माण गर्दैछ ।

चिसो वर्षको कथामा आफ्ना हराएका श्रीमान खोज्नका लागि गर्भवती पेमा र बौद्ध भिक्षु कर्मा हिमालयको एक लामो यात्रामा निस्कन्छन् । अन्ततः यात्राकै क्रममा उनीहरुको जीवन बदलिन्छ ।

यही सुक्ष्म र संवेदनशील विषय बस्तुलाई मियो बनाएर पितृसत्तात्मक समाजमा महिलाको अधिकार एवं मान्यताको दैनिक संघर्ष कथामा समेटिएका छन् । यसमा मुख्य पात्रको यात्राको माध्यमबाट नेपालको जीवन जिउने कला र समृद्ध संस्कृतिक विशेषता दुवै चित्रित गरिएको छ ।

यसैगरी अफगानिस्तानको द पोस्टम्यान, चीनको द स्ट्रेन्जर, इजिप्टको एज आई वान्ट, दक्षिण अफ्रिकाको हाउ टु स्टिल अ कन्ट्रीले अवार्ड जितेको हो ।

यसअघि पनि उक्त चलचित्रको स्क्रिप्टका लागि मिन भामलेे १ सय १४ वटा आवेदनलाई पछि पार्दै एसियन सिनेमा फन्ड जितेका थिए । उक्त फन्डको राशी १० हजार अमेरिकी डलर थियो । यस्तै चिसो वर्षले यसअघि स्वीटजरल्यान्डको लोकार्नो फिल्म फेस्टिभलमा ६ हजार यूरो करिब ८ लाख रुपैयाँ जितेको थियो । सोसल ड्रामा जनराको चिसो वर्ष निर्माणाधीन अवस्थामा छ ।

मीन भामले निर्देशन गरेको चलचित्र कालो पोथीले यसअघि थुप्रै अन्तर्राष्ट्रिय अवार्ड जितिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment