Comments Add Comment

‘कान्स फिल्म फेस्टिभल’मा प्रियंकाको उपस्थिति

फ्रान्सको पेरिसमा जारी ७२ औं संकरणको ‘कान्स फिल्म फेस्टिभल’मा सहभागी हुन नायिका प्रियंका कार्की यतिबेला फ्रान्समा छिन् । उनले, त्यहाँ आयोजना हुने विभिन्न कार्यक्रममा भाग लिनेछन् । नायिका कार्कीले सोमबार बेलुकी आयोजना भएको ‘वल्र्ड पिस नाइट’ कार्यक्रममा सहभागी जनाइन् ।

भिल्ला अक्सिनमा आयोजित यो कार्यक्रममा प्रियंकाले गाउन लगाएकी थिइन् । उनी, गाउनमा आकर्षक देखिइन् । ज्याक्सन फाउन्डेशनले आयोजना गरेको यो कार्यक्रममा ‘इजिप्टकी महारानी’ पनि उपस्थित भएको प्रियंकाले जानकारी दिएकी छिन् ।

रिचार्ड निसनले संचालन गर्दै आएको ‘एड्भेन्चर्स अफ ह्यूमानिटी’ र ज्याक्सन फाउन्डेशनले ‘वर्ल्ड पिस नाइट’ आयोजना गरेको थियो । नायिका कार्कीले आज आयोजना हुने रेड कार्पेटमा आफू उपस्थित हुने बताएकी छिन् । उनी, विश्वकै ठूलो फिल्म महोत्सवमा सहभागी हुने पहिलो नेपाली नायिका हुन् । नायिका कार्कीले रेड कार्पेटमा लगाउने पहिरन विशेष रहेको जानकारी दिएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment