+
+
Shares

सल्यानमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक घाइते

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १२ गते १२:२९

१२ कात्तिक, काठमाडौं । सल्यानको बागचौर नगरपालिका-१० माथिल्लो मोखोलामा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक घाइते भएका छन्।

बिहीबार बिहान मोखोला बजारबाट माथिल्लो मोखोलातर्फ जाँदै गरेको रा.१ ह ६१२६ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब ५५ मिटर तल खसेको हो।

दुर्घटनामा छत्रेश्वरी गाउँपालिका-५ सिर्बालीका ३५ वर्षीय रेशम राउतको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

अटो चालक ३४ वर्षीय निर्मल कँवर मगर घाइते भएका छन् । उनलाई उपचारका लागि दाङ लगिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?