+
+
Shares

गोरखाको पालुङटारमा अटो दुर्घटना, चार जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २८ गते ११:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गोरखाको पालुङटार नगरपालिका–४ छापथोकस्थित भित्री सडकखण्डमा अटो सडकबाट करिब १० मिटर तल खस्दा चार जना घाइते भएका छन्।
  • आइतबार बिहान साढे ९ बजे बडडाँडाबाट ठाँटीपोखरीतर्फ जाँदै गरेको ग प्र ०३-००१ ह ०२१० नम्बरको अटो दुर्घटना भएको प्रहरीले जनाएको छ।
  • घाइते चारै जनाको अवस्था मध्यम छ र चालक सुरेश श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

२८ भदौ, गोरखा । गोरखाको पालुङटार नगरपालिका–४ छापथोकस्थित भित्री सडकखण्डमा अटो दुर्घटना हुँदा चार जना घाइते भएका छन्।

आइतबार बिहान करिब साढे ९ बजे बडडाँडाबाट ठाँटीपोखरीतर्फ जादै गरेको ग प्र ०३-००१ ह ०२१० नम्बरको अटो सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको हो।

दुर्घटनामा पालुङटार नगरपालिका–४ की ४८ वर्षीया पर्मिला जिसी, ४५ वर्षीया गीता श्रेष्ठ र २० वर्षीया प्रगती श्रेष्ठ र पालुङटार–५ की ३१ वर्षीया मेनुका गिरी घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते चारै जनाको अवस्था मध्यम रहेको डीएसपी राजकुमार श्रेष्ठले बताए ।

उनका अनुसार घाइतेहरूलाई स्थानीय मेडिकलमा सामान्य उपचारपछि थप उपचारका लागि आँपपिपल अस्पताल हर्मी पठाइएको प्रहरीले जनाएको छ।

दुर्घटनामा अटो चालक पालुङटार–४ का ३३ वर्षीय सुरेश श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?