+
+
Shares

बझाङमा अटो दुर्घटना, ६ जना घाइते, एक जनाको अवस्था गम्भीर

बझाङमा शनिबार दिउँसो अटो दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

कृष्ण बिष्ट कृष्ण बिष्ट
२०८३ भदौ २० गते २१:५३

भदौ २० गते, बैतडी । बझाङमा शनिबार दिउँसो अटो दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । बागथला बजारबाट देउरातर्फ जाँदै गरेको सुपप्र. ०१–००१ ह ६०१२ नम्बरको अटो दिउँसो करिब २:३० बजे बागथला बजारको तल्लो बजार नजिक दुर्घटनामा परेको हो ।

अटो सडकबाट करिब २०० मिटर तल कालङ्गा खोलामा खसेको थियो ।

दुर्घटनामा बैतडीको सिगास गाउँपालिका–६ लेकमका १८ वर्षीय अटो चालक योगेन्द्र साउँद, २२ वर्षीय लक्ष्मण साउँद, १६ वर्षीया अस्मिता साउँद, बझाङ थलारा गाउँपालिका–६ का १५ वर्षीय लोकेश साउँद, केदारस्युँ गाउँपालिका–१ जुपालीखेतका १८ वर्षीय योगेश भण्डारी र सिगास गाउँपालिका–६ की १६ वर्षीया गंगा साउँद घाइते भएका छन् ।

घाइतेमध्ये अस्मिता साउँदको अवस्था गम्भीर रहेको छ, भने अन्य घाइतेको अवस्था सामान्य तथा मध्यम रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

घाइते सबैको रायल प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?