+
+

इटहरीका मेयरको गल्तीमा उपमेयरले मागिन् माफी

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ १० गते १६:५०

१० जेठ, काठमाडौं । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले पत्रकारलाई दुर्व्यवहार गरेको घटनामा उपमहानगरपालिकाले माफी मागेको छ ।

उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले शुक्रबार विज्ञप्ति जारी गरी उक्त घटना परिस्थितिजन्य भन्दै घटनाका कारण सञ्चार जगत र पत्रकारको आत्मसम्मानमा कुनै चोट पुगेको भए क्षमायाचना गर्ने उल्लेख गरिएको छ ।

कार्यबाहक नगरप्रमुखको हैसियतमा गौतमले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘राज्यको चौथो अंगका रुपमा स्थापित सञ्चार जगतप्रति इटहरी उपमहानगरको कुनै पूर्वाग्रह छैन, उपमहानगर प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिवद्ध छ । आगामी दिनमा सञ्चार जगत र उपमहानगरको सम्बन्ध अझ प्रगाढ बन्दै जाने अपेक्षा लिएको छु ।’

इटहरीका मेयर चौधरीले बुधबार अन्तर्वार्ताका क्रममा एक पत्रकारलाई लोपारेर दुर्व्यवहार गरेका थिए । एक कर्मचारीलाई कुटपिट गरेको र अपशब्द बोलेको विषयमा प्रश्न सोध्दा उनी आक्रोशित हुँदै पत्रकारमाथि दुर्व्यवहार गरेका थिए ।

हेर्नुहोस् विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?