+
+

दीपिकालाई १४ करोड पारिश्रमिक

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ ३० गते १५:२३

बलिउड नायिका दीपिका पादुकोण चलचित्र ‘छप्पक’को छायांकनमा व्यस्त छिन् । यो चलचित्रमा दीपिकाले एसिड पिडित युवतीको भूमिका निर्वाह गरिरहेको छिन् । केही दिन अघि मात्र दीपिकाले नायक रणवीर सिंहसँग नयाँ चलचित्रमा काम गर्ने समचार बाहिरिएको थियो । ‘८३’ नामक चलचित्रमा रियल लाइफ जोडी रणवीर र दीपिकाले स्क्रिन शेयर गर्न लागेको खबर बाहिरिएको थियो ।

‘८३’मा रणवीरले क्रिकेटर कपिल देवको भूमिका निर्वाह गर्दैछन् भने दीपिका कपिल देवको श्रीमती बन्दैछिन् । अहिले रणवीर कपिल देवको भूमिका निर्वाह गर्नको लागि क्रिकेट सिकिरहेका छन् । यस्तैमा अहिले यो चलचित्रलाई लिएर दीपिकाको चर्चा बढेको छ । यो चलचित्रका लागि दीपिकाले लिएको पारिश्रमिकले गर्दा उनको चर्चा चुलिएको हो ।

यो चलचित्रका लागि दीपिकाले १४ करोड भारतिय रुपैयाँ बुझेकी छिन् । दीपिकालाई नै निर्माण टिमले यो रकम अफर गरेको भारतीय मिडियाले बताएका छन् । यो पारिश्रमिक नायिकाको हकमा धेरै हो । त्यसैले पनि उनको पारिश्रमिकको चर्चा हुनु स्वभाविक नै हो । दीपिका र रणवीरले भने पारिश्रमिकको बिषयमा केही पनि बोलेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?