Comments Add Comment

धमाधम फिल्म गर्दै शिव श्रेष्ठ

चलचित्र ‘बागमती’बाट नायक शिव श्रेष्ठले निकै नै ठूलो आशा राखेका थिए । तर, यो चलचित्र बक्स अफिसमा पूर्ण रुपमा असफल भयो । निर्माताको ठूलो रकम डुब्यो । शिव आफैले बनाउने भनेको चलचित्र पनि बनाउन सकेनन् । यही बिचमा शिवले चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ नामक चलचित्र निर्माणको सुरुवात गरेका थिए ।

मल्टिस्टारर कलाकार लिएर उनले सुरु गरेको चलचित्र उनकै छोराका कारण अहिले रोकिएको छ । शिवका छोराले आफ्नो भूमिका मन नपरेको भन्दै विचमै काम नगरेपछि यो चलचित्र रोकिएको वुझिएको छ । यो चलचित्रमा नायक श्रेष्ठको पनि अभिनय थियो ।

नायक शिव श्रेष्ठ अब भने अर्को एक नयाँ चलचित्रमा काम गर्न तयार भएका छन् । उनले काम गर्न लागेको चलचित्रको नाम हो, ‘लप्पन छप्पन २’ । मुकुन्द भट्टको निर्देशनमा तयार हुने यो चलचित्रको छायांकन बेलायत र अष्ट्रेलियामा हुनेछ ।

यो चलचित्रमा नायक सौगात मल्ल, दयाहाङ राई, नम्रता श्रेष्ठ, सुरविना कार्की, अनुप विक्रम शाही लगायतका कलाकारले काम गर्ने पक्का भैसकेको छ । यसैविच, यसको निर्माणपक्षले नायक शिव श्रेष्ठलाई पनि अनुवन्धित गरेको छ । शिवले नायक सौगात मल्लका पिताको भूमिकामा काम गर्न लागेको वुझिएको छ । नायक श्रेष्ठ अब भने धमाधम चलचित्रमा काम गर्ने मुडमा देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment