
काठमाडौं । कांग्रेस नेता नवोजोत सिंह सिद्धुले पञ्जाबको मन्त्रिमण्डबाट राजीनामा दिएका छन् ।
उनले मुख्यमन्त्री अमरिन्दर सिंहलाई राजीनामा बुझाएका हुन् । त्यसअघि उनले १० जुनमा कांग्रेसका अध्यक्ष राहुल गान्धीलाई पत्र लेखेका थिए ।
पञ्जाबका मुख्यमन्त्री अमरिन्दर र नवजोत सिद्धुबीच मतभेद भएको खबर आइरहेको थियो । यहाँसम्म कि लोकसभा चुनावमा पञ्जाबमा कांग्रसको प्रदर्शन अपेक्षाअनुसार नभएकोमा अमरिन्दरले सिद्धूलाई जिम्मेवार ठहर गरेका थिए ।
त्यसपछि ६ जुनमा अमरिन्दरले सिद्ध समेत थुप्रै मन्त्रीको जिम्मेवारी हेरफेर गरेका थिए । त्यसपछि असन्तुष्ट बनेका सिद्धुले मन्त्रिपरिषद् बैठकमा भाग लिएका थिएनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4