+
+

बाढी–पहिरो पीडितको उद्धार र राहातमा जुट्न चेम्बरको अपिल

अनलाइनखबर अनलाइनखबर
२०७६ असार २९ गते १८:५६

२९ असार, काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले बाढी पहिरो पिडितको उद्धार तथा राहातमा जुट्न सबै व्यवसायीहरुलाई अपिल गरेको छ । आईतबार एक विज्ञप्ति जारी गर्दै कमर्शले देश दुःखमा परेको बेला सबैले सकेको सहयोग गर्न आह्वान गरेको छ ।

बिसम परिस्थीतिमा खाद्य वस्तु लगायतका अतिआवश्यक वस्तुहरुको नियमित आपूर्ती व्यवस्था सहज बनाउन चेम्बरले उद्यामी, व्यवसायीलाई आग्रह समेत गरेको छ । साथै राहत तथा उद्दारमा नीजि क्षेत्रबाट हुने सहयोग जिल्ला विपत व्यवस्थापन समितिमार्फत समन्वयगरि वितरण गर्न पनि चेम्बरले भनेको छ ।

पहिरो, बाढी तथा डुबानमा परी ज्यान गुमाउनेहरुप्रति नेपाल श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?