
३० असार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटसम्बन्धी विधेयक प्रमाणीकरण भएको छ । राष्ट्रपतिबाट प्रमाणीकरण भएको यो बजेट १ साउनबाट कार्यान्वयन हुनेछ ।
राष्ट्रपति कार्यालयका अनुसार सोमबार विनियोजन विधेयक, २०७६, आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत (तेइसौं संशोधन) विधेयक २०७६ समेत प्रमाणीकरण भएका छन् ।
संसदका दुबै सदनले पास भएका विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कार्यान्वयनमा जाने प्रावधान छ । आगामी आर्थिक वर्ष सरकारले १५ खर्ब ३२ अर्बको बजेट कार्यान्वयन गर्दैछ ।
त्यसमध्ये ९ खर्ब ५७ अर्ब चालु खर्च हुनेछ भने पूँजीगत तर्फ ४ खर्ब ८ अर्ब रुपैयाँ विनियोजन गरेको छ । वित्तीय व्यवस्थामा भने १ खर्ब ६७ अर्ब रुपैयाँ विनियोजन भएको छ । आगामी आवको बजेट १५ जेठमा संसदमा पेश भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4