+
+

३५औँ वार्षिकोत्सवमा नबिल बैंकको रक्तदान कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन ६ गते १९:४६

६ साउन, काठमाडौं । नबिल बैंकले रक्तदान कार्यक्रम आयोजना गरेको छ। आफ्नो ३५औं वार्षिक उत्सव मनाउने क्रममा गत ४ गते बैंकको प्रधान कार्यालयमा उक्त कार्यक्रम गरेको जनाएको हो। कार्यक्रममा १ सय २२ जना बैंकका कर्मचारीहरुबाट रक्तदान गरिएको थियो।

त्यसैगरी, बैंकको ३५औँ वार्षिकोत्सवको अवसरमा गत हप्ता आयोजित बैंकस्तरीय फुटसल, क्रिकेट, ब्याड्मिन्टन, स्नुकर र चेस प्रतियोगिताका विजेता टिम र उपविजेता टिमहरुलाई नबिल बैंकका सञ्चालक समितिका अध्यक्ष शम्भु प्रसाद पौड्यालले मेडलसहित पुरस्कारहरु वितरण गरेका थिए।

बैंकको ३५औँ वार्षिकोत्सवको अवसरमा रक्तदान, खेलकुद लगायत सामाजिक कार्यक्रमहरु आयोजना भएकोमा अध्यक्ष पौड्यालले खुसी व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?