+
+

चुनावको दुई वर्षपछि कांग्रेसका बागी पार्टीबाट निष्कासित (नामावलीसहित)

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन ७ गते ७:१८

७ साउन, काठमाडौं । नेपाली कांग्रेसले निर्वाचनका बागी उम्मेदवार, प्रस्तावक र समर्थक २३ जनालाई पार्टीबाट निष्कासन गरेको छ । निष्कासित हुनेहरुमा सबैभन्दा बढी सोलुखुम्बुका २० जना छन् । रौतहटका दुई र दैलेखका एक जना छन् ।

कांग्रेसले दुई वर्षपछि तीन जिल्लाका स्थानीय तहका नेता–कार्यकर्ताहरुलाई मात्र कारबाही गरेको छ । तर प्रदेश र केन्द्रका वागी उम्मेदवार, निजका प्रस्तावक र समर्थकहरुलाई अझै कारबाही गरेको छैन ।

स्थानीय तह, प्रदेश र संघीय संसद निर्वाचनका बागी उम्मेदवार, निजका प्रस्तावक एवं समर्थक र अन्य पार्टीमा गई उम्मेदवार भएका तीन जिल्लाका नेता तथा कार्यकर्ताहरुलाई सम्बन्धित जिल्लाको पार्टीको अभिलेखबाट हटाउन निर्देशन दिइएको कांग्रेसको केन्द्रीय अनुशासन समिति संयोजक भिष्मराज आङदेम्बेले जानकारी दिए ।

उनीहरुलाई कांग्रेसको विधान २०१७ को धारा ३४ को उपधारा ४ (क) बमोजिम कारबाही भएको उनले बताए ।

बागी उम्मेदवारी र अन्तरघातको कारण तीनै तहको निर्वाचनमा राम्रो नतिजा ल्याउन नसकिएको निष्कर्ष कांग्रेसको छ ।

बागी उम्मेदवारहरुको सबै विवरण प्राप्त नभएको र तत्काल पठाउन सम्बन्धित जिल्लालाई निर्देशन दिइएको कांग्रेसले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?