+
+

ग्लोबल आइएमई बैंकको ३ वटा नयाँ शाखा एकैसाथ सञ्चालनमा

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २३ गते १९:५७

२३ असार, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले तीनवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकले धनकुटा नगरपालिका १ हिले बजारमा, सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका ६ नयाँ बजार र खोटाङ्गको दिक्तेल रुपाकोट मजुवागढी नगरपालिका १ दिक्तेल बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

नयाँ ३ वटा शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या १४० पुगेको छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले हाल १४० शाखा, ३० वटा एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, १४८ एटिएम, १७९ शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि सम्पर्क कार्यालय मार्फत आफ्ना ११ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?