
२९ साउन, काठमाडौं । पूर्वी नवलपरासीको अरुणखोला माथिको पुल ट्रकको ठक्करका कारण भासिएपछि अस्थायी डाइभर्सनबाट सवारी सुचारु भएको छ ।
विहान पुल भासिएपछि सवारी आवागमन अवरुद्ध भएको छ । सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता शिवहरि सापकोटा पुलको स्थायी समाधान नभइन्जेल अब सवारी आवागमन सहज बनाउन स्तरीय डाइभर्सन बनाइने बताउँछन् ।
‘पुल बनाउनतर्फ पनि छिट्टै लाग्छौं,’ उनले भने ।
पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ६ ख ४७१ नम्बरको ट्रकले बुधबार बिहान ठक्कर दिँदा पुल भासिएको हो । ट्रकले बायाँ साइडमा ठक्कर दिँदा पुलको दक्षिणतर्फको भाग डेढ मिटर गहिरो भासिएको छ ।
पुल भासिएपछि पुलबाट ठूला सवारी साधन आवत-जावतमा रोक लगाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4