
५ भदौ, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल भारत प्रवुद्ध समूह (ईपीजी)को प्रतिवेदन कार्यान्वयन हुने बताएका छन् ।
भारतले प्रतिवेदन बुझ्न आनाकानी गरिरहेका बेला परराष्ट्रमन्त्री ज्ञवालीले भने प्रतिवेदन बुझ्ने मात्र होइन, कार्यान्वयन समेत हुने विश्वास व्यक्त गरेका हुन् ।
नेपाल भारत संयुक्त आयोगको बैठकबारे संसदलाई जानकारी दिँदै मन्त्री ज्ञवालीले प्रतिवेदन बुझाउने तयारी गर्न ईपीजीको सचिवालयलाई भनिएको जानकारी दिए ।
दुबै देशको उपुयक्त समयमा प्रतिवेदन बुझ्ने भन्दै उनले भने, ‘सुखद संयोग यो छ कि दुबै प्रधानमन्त्रीले अघिल्लो कार्यकालमा सम्झौता गर्नुभयो र जनताले दुबै प्रधानमन्त्रीलाई प्रष्ट म्याण्डेट दिनुभयो र उहाँहरु सरकारमा हुनुहुन्छ । त्यसैले यो ईपीजीको प्रतिवेदन कार्यान्वयन हुनेमा म विश्वस्त छु ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4