Comments Add Comment

एटीएम ह्याकिङ प्रकरण : ३ जना मनी एक्सचेन्ज सञ्चालक पक्राउ

१६ भदौ, काठमाडौं । नेपालका बैंकहरुको एटीएम ह्याक गरी रकम झिक्ने चिनियाँ नागरिकले पैसा साट्न प्रयोग गरेको दुई मनी एक्सचेन्जका सञ्चालक पक्राउ परेका छन् । उनीहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले सोमबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नेपालय मनी एक्सचेन्ज र डेक्सो मनी एक्सचेन्जका सञ्चालक रहेका छन् । डेक्सो  मनी एक्सचेन्जका सञ्चालक देवनाथ लामिछाने, नेपाल मनी एक्‍सचेन्जका सञ्चालक रोशन प्रधान श्रेष्ठ र म्यानेजर रेवती दवाडीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

काठमाडौंको बै‌ंकको एटीएम ह्याक गरी रकम लुट्ने गिरोहका सदस्यमध्ये फरार रहेकाहरुले ठमेलमा रहेको ती दुई मनी एक्सचेन्जबाट २९ लाख ९९ हजार नेपाली रुपैयाँ साटेर २५ हजार ८ सय ६२ अमेरिकी डलर लिएका थिए ।

उनीहरुलाई गैरकानुनी रुपमा सटही गरेको २९ लाख ९९ हजार रुपैयाँसहित पक्राउ गरेको महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होविन्द्र वोगटीले जानकारी दिए ।

प्रहरीले एटीएम ह्याकिङ प्रकरणमा फरार रहेका ३ जना चिनियाँ नागरिकमध्ये एक जनालाई आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा चिनिया मूलका फ्रान्सेली नागरिक जु लुक ली रहेका छन् ।

यो पनि पढ्नुहोस एउटा चाबी, जसले खोल्यो चिनियाँ ह्याकरको रहस्य यो पनि पढ्नुहोस चिनियाँ ह्याकरले एटीएमबाट यसरी लुटे दुई सुटकेस रकम यो पनि पढ्नुहोस स्पेनबाट भएको थियो नेपालको एटीएम ह्याक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment