+
+

छुरा प्रहार गरी धनुषामा वृद्धको हत्या

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ २३ गते ११:१०
Photo Credit : सांकेतिक तस्वीर

२३ भदौ, जनकपुरधाम । धनुषाको मिथिला बिहारी नगरपालिकाका एक वृद्वको छुरा प्रहार गरी हत्या भएको छ ।

मोटरसाइकलमा आएका दुई जना अपरिचित व्यक्तिको समूहले गरेको छुरा प्रहारबाट मिथिला बिहारी नगरपालिका–९, कटरैतका रामवरण शर्माको ज्यान गएको हो ।

घाँटीमा गरिएको छुरा प्रहारबाट गम्भीर घाइते ६५ वर्षीय उनलाई उपचारका लागि जनकपुर अञ्चल अस्पताल लगिएकोमा त्यही उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शर्मा आइतबार राति तारापट्टि बजारबाट आफ्नो घरतर्फ जाँदै गर्दा छुरा प्रहारको शिकार भएका हुन् । उनीमाथि राति ८ः३० बजेतिर मिथिला बिहारी नगरपालिका ८ कचुरी सडक खण्डमा छुरा प्रहार भएको हो ।

छुरा प्रहार गर्नेहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय, धनुषाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?