Comments Add Comment

एनआरएनएको कोषाध्यक्षमा सोम सापकोटाद्वारा उम्मेदवारी घोषणा

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को कोषाध्यक्षमा सोम सापकोटाले उम्मेद्वारी घोषणा गरेका छन् ।

वर्तमान कार्यसमिका सहकोषाध्यक्ष सापकोटाले संस्थालाई आर्थिक रुपमा बलियो बनाउने योजनासहित आगामी कार्यकालका लागि कोषाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।

‘संस्थाका लागि आर्थिक पाटो महत्त्वपूर्ण छ तर तत्काल रिजल्ट आएको छैन, धेरै प्रोजेक्टमा कमिटमेन्ट भएको छ तर उठेको छैन, मेगा प्रोजेक्टको अवस्था उस्तै छ, र योजनाहरु आर्थिकरुपले माइनसमा छन् तर पनि यसको व्यवस्थापन गर्न सकिन्छ, त्यसको सुरुआत म गर्छु,’ सापकोटाले भने ।

सन १९९६ मा स्वीजरल्याण्डबाट प्रवासी जीवन सुरु गरेका सापकोटा २००६ मा एनआरएनए राष्ट्रिय समन्वय समिति, पोर्चुगलको कार्यसमिति सदस्य चयन भएका थिए ।

त्यसपछि सापकोटाले डेनमार्कको संस्थापक अध्यक्ष, एनआरएनए केन्द्रीय सदस्यका साथै यूरोप सहसंयोजकको भूमिका निर्वाह गरिसकेका छन् ।

सहकोषाध्यक्ष रहेर जिम्मेवारीपूर्ण काम गरेका सापकोटले यो कार्यकाल बाँकी रहेका अधुरा योजना सम्पन्न गर्न पनि कोषाध्यक्षका लागि उम्मेदवारी घोषणा गरेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment